९ मंसिर, २०८१ आइतबार

03:39:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सानिमा बैंकले पनि सीआस्बा शुल्क नलिने, अब अन्य बैंकले के गर्लान् ?

१० भदौ, २०७९

सानिमा बैंकले पनि सीआस्बा शुल्क नलिने, अब अन्य बैंकले के गर्लान् ?

काठमाडौं । सानिमा बैंकले पनि सीआस्बा शुल्क नलिने घोषणा गरेको छ। बैंकले एक सूचना जारी गर्दै अबदेखि सीआस्बा / आस्बा सेवा निःशुुल्क प्रदान गर्ने जानकारी गराएको हो। अबदेखि लगानीकर्ताले सानिमा बैंकबाट आईपीओ भर्दा कुनै पनि निःशुल्क लाग्ने छैन ।

यसअघि कुमारी बैंकले पनि सीआस्बा शुल्क नलिने घोषणा गरिसकेको छ। हाल निःशुुल्क सीआस्बा सेवा दिनेमा ४ वटा बैंकहरु थिए । अब सानिमा बैंक थपिएसँगै निःशुुल्क सीआस्बा सेवा दिने बैंकको संख्या ५ पुगेको छ । हाल राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एसिया बैंक, नबिल बैंक र कुमारी बैंकले सीआस्बा सेवा निःशुुल्क प्रदान गर्दै आएका छन्।

पछिल्लो समय सी–आस्वाको सेवा बापत बैंकहरूले लिने गरेका शुल्कमा लगानीकर्ताहरूको गुनासो गरिरहेका थिए । लगानीकर्ताहरूको गुनासोलाई मध्ये नजर गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) ले  सी–आस्बा सेवाको शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ ।  यसअघि बोर्डले सी–आस्वाको सेवा प्रदान गरेबापत बैंकहरुलाई अधिकतममा १०० रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको थियो।