९ मंसिर, २०८१ आइतबार

03:27:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भदौ १५ गतेदेखि एकिकृत कारोबार गर्दै र्मिमिरे र बुद्धज्योती लघुवित्त

१० भदौ, २०७९

भदौ १५ गतेदेखि एकिकृत कारोबार गर्दै र्मिमिरे र बुद्धज्योती लघुवित्त

काठमाडौं । र्मिमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र बुद्धज्योजी लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम प्राप्ति सम्बन्धी प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई भदौ ६ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । दुवै कम्पनीको गत असार ३१ गते सम्पन्न भएको विशेष साधारण सभाले प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए ।

त्यस्तै भदौ ९ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट अनुमति पाएपछि भदौ १५ गतेबाट एकिकृत कारोबार हुन लागेको हो। प्राप्ति पश्चात् संस्थाको रजिष्ट्रार कार्यालय बाग्मती प्रदेशको काभ्रेपलाञ्चोक जिल्ला स्थित बनेपा नगरपालिका वडा नं ८ मा रहनेछ ।