२६ बैशाख, २०८१ बुधबार

07:20:18 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सामान खरिदमा ४६ हजार रुपैयाँसम्म क्यासब्याक जित्न सकिने

Nepal Business

९ भदौ, २०७९

सामान खरिदमा ४६ हजार रुपैयाँसम्म क्यासब्याक जित्न सकिने

काठमाडौं । चाडपर्वको अवसरमा सीजीको सामान खरिद गर्दा ४६ हजार रुपैयाँसम्म क्यासब्याक जित्न सकिने छ ।

कम्पनीले दशै, तिहार तथा छठको उपलक्षमा ल्याएको नयाँ उपहार योजना ‘सीजीसँग यो पर्व, गरौं गर्व’ अन्तर्गत ४६ हजार क्यासब्याकका साथै उपहार पक्का जित्न सकिने जनाएको छ । यो योजना सिमित अवधिकालागि लागुहुने जनाइएको छ  ।

कम्पनीका अनुसार ग्राहकले उक्त योजना अन्तर्गत सीजीका सिंगल डोर रेफ्रिजरेटर, चेस्ट फ्रिजर, स्पिकर, कुलर तथा भ्याकुम क्लिनर खरिद गर्दा उक्त क्यासब्याक सहित उपहारहरु जित्न सक्ने छन् । 

यसका साथै सीजीका ४३ इन्चसम्मका टेलिभिजन खरिद गर्दा क्यासब्याक तथा ५० इन्च भन्दा माथिका टेलिभिजन खरिदमा २.१ स्पिकर उपहार जित्न सकिने कम्पनीले जनाएको छ ।

यसैगरी, सीजी डबल डोर रेफ्रिजरेटरको खरिदमा फ्राइ प्यान, मल्टी डोर रेफ्रिजरेटरमा मेरिडिया भ्यकुम क्लिनर, माइक्रोवेभमा एलजी कुकिङ्ग किट, फ्रन्ट लोड वाशिङ्ग मेशिनको खरिदमा २ प्याकेट डिश वश पाकेट तथा एलसीको खरिदमा निशुल्क जडान जस्ता पक्का उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।