९ मंसिर, २०८१ आइतबार

03:20:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

महालक्ष्मी विकास बैंकको महा बचत खाता सार्वजनिक

९ भदौ, २०७९

महालक्ष्मी विकास बैंकको महा बचत खाता सार्वजनिक

काठमाडौं । महालक्ष्मी विकास बैंकले उच्चतम व्याजदरको महालक्ष्मी महा बचत खाता सार्वजनिक गरेको छ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंकले उच्चतम ब्याजदरको महालक्ष्मी महा बचत खाता सार्वजनिक गरेको हो ।

यस बचत खातामा बचत खाताहरु मध्ये सबैभन्दा उच्चतम ९ प्रतिशत व्याजदर, निशुल्क एटिएम कार्ड तथा मोवाइल बैकिङ सुविधा प्रदान गरिने बैंकले जनाएको छ । न्यूनतम मौज्दात ५०० मै खाता खोल्न सकिने यस बचत खातामा मासिक व्याज भुक्तानी हुने छ ।

विगतदेखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्घ रहिआएको बैंकले आमग्राहकको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै महालक्ष्मी महा बचत खाता सञ्चालनमा ल्याएको हो। देशैभर छरिएर रहेका १०३ शाखामार्फत यो खाता खोल्न सकिने बैंकले जनाएको छ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तीय सेवा प्रदान गरेको छ ।