९ मंसिर, २०८१ आइतबार
03:46:33 AM
९ भदौ, २०७९
काठमाण्डौं । तरलता अभावका कारण बैैक तथा वित्तीय संस्थाहरुले लगानी गर्न सकिरहेका छैनन् । जसका कारण बजारमा लगानी योग्य पैसाको कमि छ ।
हाल बजारमा २६ वटा वाणिज्य बैंकहरु सञ्चालनमा छन् । जसमध्ये सबैभन्दा धेरै लगानी योग्य पुँजी प्रभु बैंकसँग रहेको पाइएको छ।
नेपाल बैकर्स संघको तथ्याङक अनुसार सबैभन्दा बढी लगानीयोग्य पुँजी प्रभु बैैकको रहेको जनाइएको छ । चालु आर्थिक वर्षको साउन महिनामा सेन्चुरी कमर्सियल बैंकको लगानी योग्य पुँजी सबैभन्दा कम रहेको छ ।
प्रभु बैंकको सिडि रेसियो ८२.८८ प्रतिशत र सेन्चुरी कमर्सियल बैंकको सिडि रेसियो ९१.६३ प्रतिशत रहेको बैंकसै संघको तथ्यांकमा उल्लेख छ ।
यस्तै लगानीयोग्य पुँजीकम रहेका दुईवटा बैंकहरुमा नेपाल बैंक र नबिल बैंक रहेका छन् । यी बैंकको सिडि रेसियो क्रमशः ९०.७२ प्रतिशत र ९०.९२ प्रतिशत रहेको छ ।
यस्तै ९० प्रतिशत भन्दा कम सिडि रेसियो भएका वाणिज्य बैकहरु २३ वटा रहेका छन् । जसमा प्रभुको सिडि रेसियो ८२.८८ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ८९.९३ प्रतिशत, एनआइसी एसिया बैंकको ८६.३७ प्रतिशत, सानिमाको ८४.८० प्रतिशत, स्टाण्डर्ड चार्टर्डको ८८.८५ प्रतिशत, माछापुच्छ्रेको ८६.६० प्रतिशत, सिद्धार्थको ८८.०९ प्रतिशत, लक्ष्मीको ८६.९९ प्रतिशत रहेको तथ्याङकमा छ ।
एनएमबी बैंकको ८७.४१ प्रतिशत, सिभिलको ८७.८० प्रतिशत, सेन्चुरी कर्मशीयल बैंकको ९१.६३ प्रतिशत, नबिलको ९०.९२ प्रतिशत, नेपाल बैंकको ९०.७२ प्रतिशत, सिटिजन्स इन्टरनेशनलको ८७.८० प्रतिशत, एभरेष्ट बैैकको सिडि रेसियो ८६.७९, ग्लोबल आइएमइको ८९.९५ प्रतिशत, बैंक अफ काठमाण्डूको ८९.६६ प्रतिशत, मेगाको ८८.६८ प्रतिशत, प्राइमको ८९.१७ प्रतिशत, नेपाल एसबिआईको ८४.६४ प्रतिशत, कृषि विकासको ८९.३२ प्रतिशत, कुमारीको ८९.३१ प्रतिशत र नेपाल इन्भेष्मेन्ट बैंकको ८६.७६ प्रतिशत, नेपाल क्रेडिट एण्ड कमर्स बैंकको ८९.८१ प्रतिशत र हिमालयन बैंकको ८९.४७ प्रतिशत सिडि रेसियो रहेको बैंकर्स संघले जनाएको छ ।