९ मंसिर, २०८१ आइतबार

03:25:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यस्तो छ सहकारी विभागले जारी गरेको १२ बुँदे मार्गदर्शन (पूर्णपाठसहित)

९ भदौ, २०७९

यस्तो छ सहकारी विभागले जारी गरेको १२ बुँदे मार्गदर्शन (पूर्णपाठसहित)

काठमाडौं । सहकारी विभागले सहकारी संस्थाहरुलाई साधारणसभा सञ्चालनका लागि मार्गदर्शन जारी गरेको छ । विभागले सहकारी संस्थाहरुलाई १२ बुँदे मार्गदर्शन जारी गर्दै साधारणसभा संचालन गर्दा भडकिलो र खर्चिलो नहुने गरी मितव्ययी ढंगबाट गर्न भनेको छ ।

सबै संघसंस्थाले २०७९ पुस मसान्तभित्र सभा अनिवार्य गर्न मार्गदर्शनमा भनिएको छ । सभा सकेको १५ दिन भित्र निर्णयाको प्रमाणित प्रतिलिपि, लेखापरीक्षण प्रतिवेदन लगायत कागजात विभागमा अनिवार्य पेश गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ ।