९ मंसिर, २०८१ आइतबार

06:26:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सपोर्ट लघुवित्तको १३ हजार ७१५ कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

९ भदौ, २०७९

सपोर्ट लघुवित्तको १३ हजार ७१५ कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

काठमाडौँ । सपोर्ट लघुवित्त वित्तीय संस्थाले आज (भदौ ९ गते बिहीबार) देखि १३ हजार ७१५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले यसअघि लघुवित्तका विद्यमान संस्थापक सेयरधनीको लागि बिक्री खुल्ला गरेको थियो । सो समयमा बिक्री नभएको उक्त संस्थापक सेयर कम्पनीले बिक्री गर्न लागेको हो । कम्पनीले सेयरको मूल्य प्रतिकित्ता न्यूनतम ६५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले यसलाई न्यूनतम आधार मानेर दर रेट तोक्नुपर्नेछ ।

सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा संघ संस्थाहरुले भदौ २३ गते भित्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड टेकुमा गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।