२५ बैशाख, २०८१ मंगलबार

08:54:36 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

साओमीको साओमी १२ लाइट नेपाली बजारमा

Nepal Business

९ भदौ, २०७९

साओमीको साओमी १२ लाइट नेपाली बजारमा

काठमाण्डौं । ग्लोबल टेक्नोलोजी लिडर साओमीले अल्ट्रा स्लिम साओमी १२ लाइट नेपाली बजारमा ल्याएको छ ।

लन्चमा बोल्दै साओमीका कन्ट्री जनरल म्यानेजर अमित पण्डाले भन्नुभयो, ‘साओमीले नवीनतम प्रविधिमा अपडेट भईरहन रुचाउने ग्राहकवर्गलाई ध्यानमा राख्दै सुप्रिमपर्फर्मेन्स क्षमता भएका र आकर्षक डिजाइनका टप नच फोन सेटहरु समय–समयमाविकास गरिरहन्छ । यसै क्रममा हामीले हाम्रो मोस्ट अवेटेड र फ्यासनेब्लीअपिलिङ स्मार्ट फोन साओमी १२ लाइट ल्याएका छौँ । यो फोनबाट उपभोक्ताहरुले फ्ल्यागशिपपर्फर्मेन्सको अभुतपुर्व अनुभवलिनुहुनेछ भन्ने कुरामाहामी पूर्ण विश्वस्त छौँ।’

उहाँले थपभन्नुभयो, ‘यसमा फ्ल्यागशिप डिजाइन त छ नै, साथै १०८ एमपीको मेन क्यामरा, ८ एमपीको अल्ट्रा वाइड एङलक्यामरा र २ एमपीको म्याक्रो क्यामरा भएकोले उपभोक्ताहरुले लक्जरियस एक्स्पिरियन्स लिन सक्नुहुनेछ ।’

फ्यासनफर्वाड लाइफ स्टाइलको लागि स्लिक र रिफाइन्ड डिजाइन ७.२९ एमएमको मोटाइ र जम्मा १७३ ग्रामको फेदरवेट र अल्ट्रा स्लिम साओमी १२ लाइट हरियो, गुलाफी र कालो रंगहरुमा उपलब्ध छ ।

प्रिमियम एस्थेटिकको लागियसको पछाडि पट्टीको भागमायुनिफाईड म्याट कलर ग्रेडिएन्त फिनिश दिइएको छ । तीन वटा क्यामराको वरिपरि भएको  मेटल रिङ्गहरुले यो स्लिक र युनिक सेटलाई अझ लक्जरियस टच प्रदान गर्छन् ।

कभर शट लिनको लागि स्टुडियो लेभलको क्यामरा 

यसमा भएको तीन–तीन वटा शक्तिशाली लेन्सहरुले जुनसुकै कोणबाट हाइ डेफिनिसन तस्बिर लिन सकिन्छ । यसमा भएको मोसन क्याप्चर इनेबल गरेर आइ ट्र्याकिङ फोकसमा स्टाइलिश कभर शटहरु लिन सकिन्छ ।

अगाडि भएको ३२ एमपीको क्यामरामा जडित जीडी२ सेन्सर र अटो फोकसले स्पष्ट र उच्च गुणस्तरीय सेल्फीखिच्न सकिन्छ ।

साथै दुईवटा सफ्ट एलईडी सेल्फीग्लोले प्रयोगकर्ताको प्राकृतिक सुन्दरतालाई राम्रोसँग कैद गर्छ । १९ वटा टेम्पलेट सहितको भ्लगमोडबाट विभिन्न किसिमका भ्लगहरु तुरुन्तै बनाउनमिल्नुका साथै यसमा वानक्लिक एआइ, र अन्यथुप्रै सिनेम्याटिक फिल्टरहरु पनि उपलब्ध छन् । 

हरेक दिन इमर्सिभ भ्यु र साउन्ड एक्स्पिरियन्स 

फर्स्ट क्लास इमर्सिभ भ्युइङ एक्स्पिरियन्सको लागि यसमा ६.५५ इन्चको एमोलेड डिस्प्ले राखिएको छ जसमा एचडीआर १० र डल्बी भिजन दुईटै छ । साथै यसमा १२० हर्जको स्क्रिन रिफ्रेश रेट, २४० हर्जको टच स्याम्प्लिङ रेटले प्रयोगकर्तालाई अत्यन्तै स्मुथ अनुभव प्रदान गर्छन् । 

यस्तै आँखामा पर्ने प्रेसर कम गर्न यसमा सन लाइट मोड ३.०, रिडिंग मोड ३.०र ट्रु डिस्प्ले राखिएको छ । साथै डुअल स्टेरियो स्पिकर र डल्बि एट्मस स्पासियल अडियो टेक्नोलोजीले प्रयोगकर्तालाई इमर्सिभ साउन्ड एक्स्पिरियन्स प्रदान गर्छन् ६+१२८ जिबी र ८+१२८ जिबीस्टोरेज सहितआउने साओमी १२ लाइट हरियो, गुलाफी र कालो रंगहरुमा उपलब्ध छ । 

यसको मुल्य६+१२८ जिबी  ५० हजार ९ सय ९९ र ८+१२८ जिबी ५३ हजार ९ सय ९९ रुपैयाँ रहेको छ । यो सेट नेपालभरिको सम्पूर्ण आधिकरिक स्टोरहरुमा हहबाट उपलब्ध हुनेछ ।