२५ बैशाख, २०८१ मंगलबार

11:44:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य ५ सयले बढ्यो, तोलाको कति पुग्यो ?

Nepal Business

९ भदौ, २०७९

सुनको मूल्य ५ सयले बढ्यो, तोलाको कति पुग्यो ?

काठमाण्डौं । सुनको मूल्य बिहीबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । 

आज छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य तोलाको ९५ हजार तीन सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा पाँच सय रुपैयाँले बढेर ९५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको मूल्य तोलाको ९४ हजार आठ सय रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।