९ मंसिर, २०८१ आइतबार

06:36:40 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वाणिज्य बैंकहरुको निक्षेप ७ अर्बले घट्यो, सीडी रेसियो कति ?

९ भदौ, २०७९

वाणिज्य बैंकहरुको निक्षेप ७ अर्बले घट्यो, सीडी रेसियो कति ?

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप घट्ने क्रम जारी नै रहेको छ। भदौ ३ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले घटेको हो । नेपाल बैंकर्स संघले प्रकाशित गरेको तथ्याङ्क अनुसार भदौ महिनाको ३ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप कुल निक्षेप ४४ खर्ब २६ अर्ब रुपैयाँमा झरेको छ।

गत साउन मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप १ खर्ब ८ अर्ब रुपियाँ घटेर ४४ खर्ब ३३ अर्ब रुपैयाँ रहेको थियो।

भदौ ३ गतेसम्म वाणिज्य बैंकहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले बढेको छ। गत साउन मसान्तसम्म कुल कर्जा लगानीमा ४१ खर्ब ७७ अर्ब रुपैयाँ रहेकोमा भदौ ३ गतेसम्म बढेर ४१ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ। गत साउन महिनाभरि वाणिज्य बैंकहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले मात्रै बढेको थियो।

यो अवधिमा वाणिज्य बैंकहरुको सीडी रेसियो बढेर ८८.४७ प्रतिशत रहेको छ। गत साउन मसान्तसम्म सीडी रेसियो ८८.०७ प्रतिशत थियो।