९ मंसिर, २०८१ आइतबार
06:52:15 AM
९ भदौ, २०७९
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार (भदौ ९ गते बिहीबार) २५ अब रुपैयाँको नेपाल सरकारका ट्रेजरी बिल सोझै खरिद गर्नका लागि बोलकबोल गर्ने भएको छ। बोलकबोल बिहीबार दिउँसो २ बजेसम्म अनलाइन माध्यमबाट गरिनेछ। ट्रेजरी बिलको खरिद मिति भने भदौ १० गते तय गरिएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार नेपाल सरकारका ट्रेजरी बिलको भुक्तानी मिति २०७९ पुुस मसान्तसम्म तोकिएको छ। काउन्टरपार्टीले बिक्री गर्न चाहेको तोकिएको भुक्तानी मिति भएका नेपाल सरकारका ट्रेजरी बिलको सिरिज नम्बर र परिणाम उल्लेख गर्नुपर्नेछ।
काउन्टरपार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिल्सको परिमाणको मूल्यमा बोलकबोल गर्नुपर्नेछ। यसैगरी काउन्टरपार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिल्सको परिमाण १ करोड वा १ करोडले भाग लाग्ने दरले खरिद आह्वान गरेको रकमसम्म बोलकबोल गर्न सक्नेछन् तर एउटा सिरिजको ट्रेजरी बिलका लागि एउटामात्र बोलकबोल गर्नुपर्नेछ। बजारमा तरलता समस्या देखिएपछि राष्ट्र बैंकले नेपाल सरकारको ट्रेजरी बिल्स सोझै खरिद गरेर बजारमा २५ अर्ब पठाउन लागेको हो ।