९ मंसिर, २०८१ आइतबार

06:43:42 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पहिलो दिन नै खप्तड लघुवित्तको आईपीओमा आवेदनको ओइरो, यस्तो छ पछिल्लो अपडेट

८ भदौ, २०७९

पहिलो दिन नै खप्तड लघुवित्तको आईपीओमा आवेदनको ओइरो, यस्तो छ पछिल्लो अपडेट

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाको आईपीओमा लगानीकर्ताको ओइरो लागेको छ । कम्पनीले आज (भदौ ८ गते बुधबार) देखि सर्वसाधारणको लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) मा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेको हो ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा ३ लाख ८१ हजार ७८२ जना आवेदनकबाट ४३ करोड ३८ लाख ९४ हजार रुपैयाँ बराबरको ४३ लाख ३८ हजार ९४० कित्ता सेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणका लागि छुट्याइएको भन्दा ३५.१६ गुणा बढी हो ।

लघुवित्त कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर निष्कासन गरेको हो । जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी १ लाख २३ हजार ४०० कित्ता सर्वसाधारण आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार ३२० कित्तासम्मका लागि छिटोमा भदौ १२ गतेसम्म र ढीलोमा भदौ २७ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

केयर रेटिङ्गस नेपालले आईपीओ लघुवित्तको आईपीओलाई  'केयरएनपी डबल बी माइनस इस्यूअर’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ ।