२५ बैशाख, २०८१ मंगलबार

06:36:54 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सामसङको टीभी अब नेपालमै एसेम्बलिङ हुने

Nepal Business

८ भदौ, २०७९

सामसङको टीभी अब नेपालमै एसेम्बलिङ हुने

काठमाण्डौं । अब नेपालमा पनि सामसङ ब्राण्डको टीभी एसेम्बलिङ उद्योग खुल्ने भएको छ । त्यसका लागि नवलपरासीको भुमहीमा गोल्छा अर्गनाइजेसनको हिम इलेक्ट्रोनिक्सले फ्याक्ट्री सञ्चालन गर्ने भएको हो । 

बुधबार सो फ्याक्ट्रीको एक कार्यक्रम गररी शिलान्यास गरिएको छ । सो कम्पनी । ५० करोडको लगानीमा पूर्वाधार तयार गरिने छ । ३२ देखि ८५ इन्चसम्मका टीभी यहाँ बनाइनेछ । प्रतिदिन १ हजार टीभी तयार हुनेछ भने दुई वर्षमै ५ सय जनाले रोजगारी पाउने अर्गनाइजेसनले जानकारी दिएको छ । 

हाल हिम इलेक्ट्रोनिक्स सामसङको आधिकारिक डिलरका रुपमा रहँदै आएको छ ।