९ मंसिर, २०८१ आइतबार
06:31:27 AM
८ भदौ, २०७९
काठमाडौं । काठमाडौं महानगरपालिकाले नबिल बैंकको न्यूरोड शाखा हटाउन निर्देशन दिएको छ । भदौ ८ गते बुधबार महानगरपालिकाका मेयर बालेन्द्र साहले बैंकलाई शाखा हटाउन निर्देशन दिनुभएको हो ।
नबिल बैंकको न्यूरोडस्थित कार्यालय नक्सापास विपरीत बेसमेन्टमा रहेकाले त्यसलाई हटाउन मेयर शाहाले निर्देशन दिनुभएको हो । बुधबार न्युरोडमा अनधिकृत रुपमा निर्माण गरिएको संरचना हटाउने क्रममा मेयर शाहले नक्सा पास नगरी बनाइएका संरचना हटाउने बताउनुभएको थियो । महानगरपालिकाका मुख्य व्यापारिक क्षेत्रमा नक्सापासविना बनाइएका संरचना भत्काउन महानगरपालिकाले डोजर चलाएको छ ।