९ मंसिर, २०८१ आइतबार
06:22:39 AM
८ भदौ, २०७९
काठमाडौं । कुमारी बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले ३ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्न भदौ १ गते धितोपत्र बोर्डबाट अनुमति पाएको हो । बैंकले १० वर्षे अवधिको वार्षिक ११ प्रतिशत व्याजदर भएको ‘केबीएल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। कुल इकाइमध्ये बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी १२ लाख इकाइको भने बैंकले सार्वजनिक निष्कासनमार्फत बिक्री गर्नेछ।
यस ऋणपत्र निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताहरुले उक्त ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।