९ मंसिर, २०८१ आइतबार
06:26:53 AM
८ भदौ, २०७९
काठमाडौं । एनआईसी एशिया क्यापिटलको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । क्यापिटलको साधारणसभा आज (भदौ ८ गते बुधबार) थापाथली स्थित क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथलीमा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०७८।०७९ को संचालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७९ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।
साथै उक्त सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५५ प्रतिशत (कर सहित) का दरले हुन आउने ११ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
क्यापिटलले डिम्याट खाता र मेरो शेयर खाता खोल्न, नविकरण गर्ने, खुलामुखी योजनाको इकाईको खरिद पूनखरिद तथा लगानी व्यवस्थापन सेवा समेत अनलाईन मार्फत गर्न सकिने व्यवस्था मिलाएको छ ।