२६ बैशाख, २०८१ बुधबार

01:24:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बेष्ट फाइनान्सको बचत डबल गर्ने की तेब्बर योजना सार्वजनिक

Nepal Business

८ भदौ, २०७९

बेष्ट फाइनान्सको बचत डबल गर्ने की तेब्बर योजना सार्वजनिक

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले नयाँ मुद्दती बचत योजना ल्याएको छ । बचत डबल गर्ने की तेब्बर भन्ने शिर्षकमा नयाँ योजना ल्याएको फाइनान्सले जानकारी दिएको हो। 

ग्राहकको रकमलाई सुरक्षित बचत गरी उच्च प्रतिफल दिने लक्ष्यका साथ ल्याइएको यो योजनामा साधारण मुद्दती बचत तर्फ ५ वर्ष ११ महिनामा राखेको रकमको डबल हुनेछ । त्यस्तै ९ वर्ष ५ महिनामा जम्मा गरेको रकमको तेब्बर हुने फाइनान्सले जनाएको छ । 

फाइनान्सले रेमिट्यान्स मुद्दती बचतमा भने ५ वर्ष ७ महिनामा डबल र ८ वर्ष १० महिनामा तेब्बर हुनेछ ।  यो विशेष बचत योजनामा सहभागी हुने निक्षेपकर्ताले मोबाइल बैकिङ र एटिएम सेवा निः शुल्क पाउने फाइनान्सले जनाएको छ ।