२५ बैशाख, २०८१ मंगलबार

11:09:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

डीजी पेमा आवद्ध व्यवसायीले नाइस टीभीमा डेढ लाखको विज्ञापन सित्तैमा गर्न पाउने

Nepal Business

८ भदौ, २०७९

 डीजी पेमा आवद्ध व्यवसायीले नाइस टीभीमा डेढ लाखको विज्ञापन सित्तैमा गर्न पाउने

काठमाडौं । मोबाइल वालेट कम्पनी डीजी पे प्रा.लि. र नाइस टेलिभिजनबीच सहकार्यको लागि ऐतिहासिक सम्झौता भएको छ । टेलिभिजनमार्फत् व्यवसायीक प्रवद्र्धनका लागि नेपालमै नौलो खालको सम्झौता भएको हो । 

सम्झौता अनुसार डीजी पेको व्यवसायीक आवद्ध योजना अनुरुप कम्पनीसँग आवद्ध हुने व्यवसायीले नाइस टेलिजिभजनमा एक लाख पचास हजार मूल्य बराबरको विज्ञापन तीन महिनासम्म निशुल्क गर्न पाउने भएका छन् । साथै अन्य विज्ञापनमा पनि विशेष छुटको व्यवस्था गरिएको छ । 

सम्झौतापत्रमा नाइस टेलिभिजन एच डीका अध्यक्ष आसिर्बाद पुन र डिजी पेका अध्यक्ष दिवाकर बहादुर पाण्डेले हस्ताक्षर गरेका गर्नुभएको हो । 

एच डी टेलिभिजन च्यानेल नाइस टेलिभिजन एचडीसँग ‘अब टीभीमा विज्ञापन सबैका लागि’ भन्ने नाराका साथ फरक खालको सम्झौतागर्न पाउँदा निकै खुशी लागेको डिजी पेका पाण्डेले बताउनुभयो । 

‘टेलिभिजनमा विज्ञापन ठूला कम्पनीहरुले मात्र गर्छन् भन्ने हाम्रो मानसिकता छ, यसलाई चिदै अब ठूला साना सबै फर्म तथा पसलले एचडी टेलभिजनमा आफ्नो उत्पादन वा ब्राण्डको विज्ञापन सित्तैमादेखि निकै कम खर्चमा गर्न सक्ने अवस्था सिर्जना गरेका छौं’, पाण्डेले भन्नुभयो, ‘डिजी पेमा आवद्ध हँुदा पाउने प्याकेज सुविधामा टेलिभजिनमा गरिने अन्य विज्ञापनमा पनि विशेष छुट तथा डिजी पेको लोयल्टी पोइन्ट गोल्ड तथा सिल्वर क्यासमा खरिद गर्न पाउने व्यवस्था गरेका छौं।’

नाइस टेलिभिजन एचडीका अध्यक्ष पुनले डीजी पेसँग नौलो सहकार्य गर्न पाउँदा खुशी लागेको बताउनुभयो । 

नाइस टेलिभिजन एच डीको सामाजिक उत्तरदायित्व योजना अन्तर्गत डिजी पेसँग आवद्ध सबै व्यवसायीहरुले आफ्नो व्यवसायको प्रचार प्रसार, बजार बिस्तार र सेवाहरुको जानकारी अब राष्ट्रिय टेलिभिजनबाट बिज्ञापन मार्फत जनमानस प¥याएर लाभ लिन सक्ने बताउनुभयो । 

टेलिभिजनमा विज्ञापन महँगो हुने भएकाले साना व्यवसायीले गर्न सक्दैनन् भन्ने धारणालाई यो सम्झौताले फेरिदिएको पाण्डेको भनाइ छ । ‘अब यो सहकार्य अनुसार ठूूलादेखि साना व्यवसायीले पनि आफ्नो विज्ञापन टेलिभिजनमा प्रति महिना पचास हजार रुपैयाँका दरले तिन महिनाको लागि निशुल्क गर्न पाउने छन’, उहाँले भन्नुभयो । 

यसअघि डीजी पेले स्टार अस्पतालसँग पनि सहकार्य सुरु गरिसकेको छ । जस अनुसार डीजी पेका ग्राहकले स्टार अस्पतालमा विभिन्न छुटको व्यवस्था गरिएको छ । डीजी पे नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त मोबाइल वालेट कम्पनी हो । यसले अनलाइन र अफलाइन दुबै माध्यमबाट रकमको डिजिटलाइजेनका लागि कार्य गरिरहेको छ ।