९ मंसिर, २०८१ आइतबार

06:16:17 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सनराइज बैंकले २ अर्बको ऋणपत्र निष्काशन गर्न बोर्डसँग माग्यो अनुमति

८ भदौ, २०७९

सनराइज बैंकले २ अर्बको ऋणपत्र निष्काशन गर्न बोर्डसँग माग्यो अनुमति

काठमाडौं । सनराइज बैंक लिमिटेडले २ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले धितोपत्र बोर्डमा ऋणपत्र निष्कासन अनुमति माग्दै निवेदन दिएको हो।

बैंकले १ हजार अंकित दरका कुल २० लाख इकाइ  ‘सनराइज डिबेन्चर २०८९’ जारी गर्ने छ। कुल इकाइमध्ये बैंकले १२ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ८ लाख इकाइको सर्वसाधारणलाई बिक्री गर्नेछ।

उक्त ऋणपत्र १० वर्षे अवधिको रहेको छ भने यसमा लगानीकर्ताहरुले वार्षिक १०.५ प्रतिशत ब्याज पाउनेछन्। यो ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।