९ मंसिर, २०८१ आइतबार

06:26:34 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मुक्तिनाथ विकास बैंकको ‘तीज विशेष अफर’, भदौ महिनाभित्र बैंक खाता खोल्दा १ लाखसम्मको बीमा

८ भदौ, २०७९

मुक्तिनाथ विकास बैंकको ‘तीज विशेष अफर’, भदौ महिनाभित्र बैंक खाता खोल्दा १ लाखसम्मको बीमा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले हरितालिका तीजको पावन अवसरमा “मुक्तिनाथ तीज विशेष अफर” योजना ल्याएको छ।  यो योजनाअन्तर्गत भदौ महिनाभित्र मुक्तिनाथ विकास बैंकमा ‘मुक्तिनाथ महिला पेवा बचत खाता’ खोल्ने नारीले विभिन्न सुविधा पाउनेछन् ।

 बैंकका अनुसार उक्त खाता खोल्ने महिलाले १ लाख रुपैयाँसम्मको चिकित्सा सम्बन्धी बीमा सुविधा पाउनेछन् । साथै, निःशुल्क मुक्तिनाथ भिसा डेबिट कार्ड (पहिलो वर्षका लागि), निःशुल्क मोबाइल बैंकिङ (पहिलो वर्षका लागि) र ट्रानक्विलिटी स्पाको विभिन्न सेवामा ५० प्रतिशतसम्म छुट पाउनेछन् । यो छुट २०७९ भदौसम्मको लागि मात्र कायम हुने बैंकले जनाएको छ ।

यस योजनामा सर्तहरु लागु हुने भएकाले यस योजनाका बारे थप जानकारीका लगि बैंकको नजिकैको शाखामा सम्पर्क गर्न सकिनेछ। यो योजनोले नारीहरुको सम्मान गर्दै नारीहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ।

यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।