९ मंसिर, २०८१ आइतबार

06:49:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रभु बैंकको विकसित नयाँ कर्जा सेवा सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

Nepal Business

८ भदौ, २०७९

प्रभु बैंकको विकसित नयाँ कर्जा सेवा सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाण्डौं । प्रभु बैंक लिमिटेडले विकसित नयाँ कर्जा सेवा सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

सो कार्यक्रममा भुमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय, कर्णालीका सचिव डा.लेखराज दाहाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा प्रभु बैंकका सीबीसीओ सुनिल राना लगायत कर्णाली प्रदेश अन्र्तगतका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

कृषि क्षेत्र विकास कार्यक्रमका संयोजक विनोद कुमार भट्टराईले कृषि क्षेत्र विकास कार्यक्रमको परीचय सहित यस कार्यक्रमको कार्यक्षेत्र तथा काम गर्ने तरीकाको बारेमा जानकारी दिनुभयो । 

प्रभु बैंकका हेड माइक्रोफाइनान्स डिपार्टमेन्ट चन्द्र बहादुर खत्रीले कृषि क्षेत्र विकास कार्यक्रमको लाभग्राहीका लागि सहज र सरल तरीका बाट कर्जा उपलब्ध गराउनका लागि छुट्टै कर्जा सेवा बनाई कार्यान्वयन गरिने बताउनुभयो । 

यस्तै कर्णाली प्रदेश तथा सो अन्र्तगतका शाखा प्रमुखहरुलाई यस कार्यक्रम अन्र्तगतका लाभग्राहीहरुलाई सहज रुपमा कर्जा प्रवाह गराई  वित्तिय साक्षरता समेत उपलब्ध गराउन आग्रह गर्नुभयो ।