२५ बैशाख, २०८१ मंगलबार

09:44:07 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य तीन सयले बढ्यो, कति पुग्यो तोलाको ?

Nepal Business

८ भदौ, २०७९

सुनको मूल्य तीन सयले बढ्यो, कति पुग्यो तोलाको ?

काठमाण्डौं । लगातार घटिरहेको सुनको मूल्य बुधबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ । 

छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको मूल्य तोलाको ९५ हजार रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले बढेर ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको मूल्य तोलाको ९४ हजार पाँच सय रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।