१६ कार्तिक, २०८१ शुक्रबार

03:10:28 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

तीजलाई लक्षित गर्दै सिटिजन्स बैंकले ल्यायो छुटको योजना

Nepal Business

७ भदौ, २०७९

तीजलाई लक्षित गर्दै सिटिजन्स बैंकले ल्यायो छुटको योजना

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले तीजलाई लक्षित गर्दै छुटको योजना ल्याएको छ । बैंकले हरितालिका तीज र भाद्र महिनामा पर्ने विभिन्न पर्वहरुको अवसरमा लकर सेवा शूल्कमा आकर्षक छुटहरुको योजना ल्याएको हो ।

बैंकले महिलाहरुका लागि भदौ भर लकर शूल्कमा ७० प्रतिशत र लकर कि डिपोजिट मा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । यस्ता छुटहरुको सुविधा ग्राहकहरुले बैंकको लकर सेवा उपलब्ध हुने जुन कुनै शाखाहरुबाट पनि प्राप्त गर्न सक्नेछन् ।     

यस सुविधा बापत आदरणीय ग्राहकहरुले आफ्ना अमूल्य गर गहना, रत्न, वित्तीय वा कानुनी कागजात, महत्वपूर्ण प्रमाण पत्रहरु राहदानी, र अन्य मूल्यवान वस्तुहरू सहज र सुपत शूल्कमा सुरक्षित तवरले बैंकको लकरमा राख्न सक्नेछन् ।

यसका साथै ग्राहकहरुको सहजताका लागी बैंकले निस्शुल्क डेबिट कार्ड, मोबाईल बैंकिङ्ग र ईन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरु प्रदान गर्दै आईरहेको छ ।