२४ बैशाख, २०८१ सोमबार

11:25:54 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

साथीमार्टका दुई नयाँ शाखा सञ्चालनमा

Nepal Business

७ भदौ, २०७९

साथीमार्टका दुई नयाँ शाखा सञ्चालनमा

काठमाण्डौं । नेपालमा सबैभन्दा ठूलो र धेरै शाखा सञ्जाल भएको रिटेल चेन साथीमार्टको दुईवटा नयाँ आउटलेटहरु सञ्चालनमा आएका छन् ।  गोकर्णेश्वर ५ नारायणटार र भक्तपुरको कमलबिनायकमा नयाँ आउटलेटहरु सञ्चालनमा आएका हुन् । 

कमलबिनायकमा १२ वर्षदेखि सहकारी क्षेत्रमा आवद्ध शिव सुन्दर कासिछ्वा र दालमोट फ्याक्ट्रिका सञ्चालक अशोक किलम्बुले नयाँ आउटलेट सञ्चालनमा ल्याएका हुन् । 

भर्खरै उच्च शिक्षा सकेर बसेका छेवाङ शेर्पाले नारायणटार आउटलेट सञ्चालनमा ल्याएका हुन् । दुईले आ–आफ्नै संस्कृति अनुसार आउटलेटको उद्घाटन गरेका थिए ।

शिव सुन्दर कासिछ्वा र अशोक किलम्बुले नेवारी संस्कृति अनुसार आफैले उद्घाटन गर्नुभएको थियो भने छेवाङ शेर्पाको आउटलेट खेन्पो गावाङ छोपेल शेर्पाले गर्नुभएको थियो ।
समयसँगै अनलाइन रिटेल व्यवसायमा संलग्न हुँदा निकै फाइदाजनक हुने उहाँहरुको विश्वास छ । साथै लोकल लेभलमा पनि हरेक ग्रोसरी शापीङदेखि सम्पूर्ण घरयासी सामानहरू एकै ठाउँमा उपलब्ध गराँउदा ग्राहकहरूलाई निकै सुविधा हुने भएकै कारण साथीमार्टसँग जोडिएको उहाँहरु बताउनुहुन्छ । 

थीमार्टसँग जोडिएपछि एउटा राष्ट्रिय स्तरको नेटवर्कमा जोडिई नेपालको रिटेल इतिहासमा फरक तरिकाले प्रस्तुत हुन चाहेको उहाँहरुको भनाइ छ । यी आउटलेटहरूमा आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध हुनेछन् । 

साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् ।

एउटै लगानीमा खुद्रा ब्यापार आउटलेट, ई–कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुबिधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको कम्पनीले जनाएको छ ।