९ मंसिर, २०८१ आइतबार

05:45:08 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बीओके र हिमालयन बैंकले पाए डेढ अर्ब रकम फिर्ता

Nepal Business

७ भदौ, २०७९

बीओके र हिमालयन बैंकले पाए डेढ अर्ब रकम फिर्ता

काठमाण्डौं । हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले मुद्दा जितेपछि करिब डेढ अर्ब रकम फिर्ता पाएका छन् ।यी बैंकले एक दशक लामो प्रयासपछि चीनमा मुद्दा जितेपछि करिब डेढ अर्ब रकम फिर्ता पाएका हुन् । 

मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित जमानतमा भएको नोक्सानी असुल उपर सम्बन्धी मुद्दा चीनको अदालतमा सुनुवाइ भएको थियो । गत साउन १५ गते यी २ बैंकले मुद्दा जितेका हुन् । मुद्दाको अन्तिम फैसला भएको २० दिनपछि बैंकले सबै पैसा फिर्ता पाएका छन् ।

बैंक अफ काठमाण्डूले ६६ लाख २५ हजार १० अमेरिकी डलर र १४ लाख ११ हजार ४५३ युरो तथा हिमालयन बैंकले ६६ लाख ५० हजार अमेरिकी डलर फिर्ता पाएको हो ।

यसअघि, २ वर्षअघि पनि यी २ वटै बैंकले मुद्दा जितेका थिए । तर, मुद्दा हारेको पक्ष माथिल्लो अदालत गएको थियो । नेपालका बैंकले मुद्दा जितेपछि चाइना कन्स्ट्रक्सन बैंकले पैसा फिर्ता गरिदिएको हो ।