९ मंसिर, २०८१ आइतबार
05:33:51 AM
७ भदौ, २०७९
काठमाण्डौं । एनएमबि बैंकले प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको विशेष घोषणा तथा महिला शशक्तिकरणमा सक्रिय भएर कार्य गर्दै आईरहनु भएका महिलादिदीबहिनीहरुको अनुभव साटने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ ।
महिलाहरुलाई थप सशक्त बनाई हरेक क्षेत्रमा अगाडी बढाउनु आजको आवश्यकता रहेको महसुस गर्दै बैंकद्वारा सञ्चालन गरेको यस कार्यक्रमले भविष्यमा थप टेवा पु¥याउने बैंकको विश्वास छ र
सो कार्यक्रममा बैंकका महिला ग्राहक, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपालउ द्योग परिसंघका महिला पदाधिकारीहरु, महिला उद्यमीहरु, विभिन्न बैंक तथा वित्तीय संस्थाका महिला प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति रहको थियो ।
महिला कर्मचारीहरु द्वारा नेतृत्व गरिएका शाखाहरुमा प्रदेश १ को टंकिसिनुवारी, मधेष प्रेदशको महोत्ततरी, बागमती प्रदेशको बल्खु, गण्डकी प्रदेशको चाउथे, लुम्बिनी प्रदेशको भलवारी र सुदूर पश्चिम प्रदेशको धनगढी रहेका छन् ।
बैंकले दिफिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको हो ।
बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘‘बैंक अफदिइयर नेपाल’ प्राप्त गरि सकेको छ । बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।