९ मंसिर, २०८१ आइतबार
05:44:26 AM
७ भदौ, २०७९
काठमाण्डौं । नबिल बैंकले ‘नबिल ढुक्क मुद्धती खाता’ बजारमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुका लागि आर्कषक ब्याजदर सहित सो योजना ल्याएको हो ।
‘नबिल ढुक्क मुद्धती खाता’ अन्तर्गत ग्राहकवर्गले मुद्धतीमा जम्मा गरेको रकम तोकिएको समय पश्चात् दोब्बर देखि दश गुणासम्म रकम प्राप्त गर्न सक्नेछन् । यो मुद्धती योजना नेपालमा आर्जित तथा विप्रेषण मार्फत् नेपाल प्राप्त रकममा खोल्न सकिनेछ ।
नेपालमा आर्जित रकममा खोलिने ढुक्क मुद्धती खातामा ६ वर्ष ३ महिना २३ दिनमा २ गुणा, १४ वर्ष ७ महिना २८ दिनमा ५ गुणा तथा २० वर्ष ११ महिना २० दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ ।
त्यसैगरि विप्रेषण अन्र्तगत खोलिने ढुक्क मुद्धती खातामा ५ वर्ष ९ महिना १५ दिनमा २ गुणा, १३ वर्ष ५ महिना ११ दिनमा ५ गुणा तथा १९ वर्ष २ महिना २५ दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ ।
यस खाता अन्तर्गत ग्राहकले तीन लाखसम्मको क्रेडिट कार्ड सुबिधा पनि पाउन सक्नेछन् ।