२४ बैशाख, २०८१ सोमबार

06:48:53 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य तोलामा ३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

Nepal Business

७ भदौ, २०७९

सुनको मूल्य तोलामा ३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौं । सुनको मूल्य घट्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । 

मंगलबार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर तोलामा ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य तोलाको ९५ हजार तीन सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले घटेर ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुनको मूल्य तोलाको ९४ हजार आठ सय रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।