१३ बैशाख, २०८१ बिहिबार

11:02:51 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बुटवलका दुई व्यापारीविरुद्ध भ्याट छलीमा मुद्दा दायर

Nepal Business

६ भदौ, २०७९

नीहरुले आफ्नो सो पसलको सम्पूर्ण कारोबारअनुसारको विवरण पेश नगरेको र भ्याटमा दर्ता हुनुपर्नेमा नभई भ्याट र आयकर छली गरी राजश्व चुहावट गरेको विभागको भनाइ छ ।

बुटवलका दुई व्यापारीविरुद्ध भ्याट छलीमा मुद्दा दायर

काठमाडौँ,
राजस्व अनुसन्धान कार्यालय बुटवलले मूल्य अभिवृद्धि कर (भ्याट) छलेको अभियोगमा दुई ब्यापारीविरुद्ध मुद्दा दायर गरेको छ । 

बुटवल उपमहानगरपालिका ६ मैत्रीपथमा ुरौनक सिरक डसना पसलु सञ्चालन गर्दै आएका भारत मोतिहारीका फिरोज अहमद र वसिर मियाविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा मुद्दा दायर गरिएको हो ।

बुटवल उपमहानगरपालिका ६ मैत्रीपथमा ुरौनक सिरक डसना पसलु सञ्चालन गर्दै आएका भारत मोतिहारीका फिरोज अहमद र वसिर मियाविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा मुद्दा दायर गरिएको हो ।

उनीहरुले आफ्नो सो पसलको सम्पूर्ण कारोबारअनुसारको विवरण पेश नगरेको र भ्याटमा दर्ता हुनुपर्नेमा नभई भ्याट र आयकर छली गरी राजश्व चुहावट गरेको विभागको भनाइ छ ।

 उनीहरुबाट भन्सार चोरी पैठारीतर्फ, भ्याट र आयकरतर्फ गरी कुल ३४ लाख १३ हजार बिगो रकम कायम गरी त्यसको ब्याजसमेत असुल हुन राजस्व अनुसन्धान विभागले माग गरेको छ ।