९ मंसिर, २०८१ आइतबार
04:26:51 PM
६ भदौ, २०७९
“अर्थतन्त्रको चलायमान इन्जिननै निजी क्षेत्र हो, आयातित अर्थतन्त्रमा मुलुकको भविष्य छैन, त्यसैले उत्पादन र निर्यातमा सरकार उद्योगीलाई सघाउन तयार छ”, मन्त्री बडूले भन्नुभयो ।
धुलिखेल,
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको अर्थतन्त्रको संवाहक निजी क्षेत्र भएकाले सरकार सहकार्य गर्न तयार रहेको बताउनुभएको छ ।
नेपाल प्लाईउड उत्पादन सङ्घको २३औँ साधारणसभामा सोमबार धुलिखेलमा उहाँले निजी क्षेत्रलाई सरकारले अर्थतन्त्रको चलायमान इन्जिनका रूपमा लिँदै उत्पादन र निर्यातमा सहयोग गर्ने बताउनुभएको हो ।
नेपाल प्लाईउड उत्पादन सङ्घको २३औँ साधारणसभामा सोमबार धुलिखेलमा उहाँले निजी क्षेत्रलाई सरकारले अर्थतन्त्रको चलायमान इन्जिनका रूपमा लिँदै उत्पादन र निर्यातमा सहयोग गर्ने बताउनुभएको हो ।
“अर्थतन्त्रको चलायमान इन्जिननै निजी क्षेत्र हो, आयातित अर्थतन्त्रमा मुलुकको भविष्य छैन, त्यसैले उत्पादन र निर्यातमा सरकार उद्योगीलाई सघाउन तयार छ”, मन्त्री बडूले भन्नुभयो ।
उहाँले निर्यातले वैदेशिक मुद्रा सञ्चिति बढाउने भएकाले नेपालमा निर्यात गर्न सकिने वस्तुको उत्पादन बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सरकार विभिन्न साना–ठूला उद्योगीसँग छलफल गरेर अघि बढ्न तयार रहेको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, “छलफलपछि सरकारले उद्योग सञ्चालनमा सुधारको घोषणा गरेको छ, राष्ट्रिय उत्पादनलाई प्राथमिकतामा राख्दै नेपाली उत्पादन उपभोग अभिवृद्धि कार्यक्रम महत्वका साथ निर्धारण गरिसकेको छ ।”
निजी क्षेत्रसँग सहकार्य गर्ने वर्तमान सरकारको घोषित नीतिअनुसार १० वर्षे अभियान सञ्चालन गर्नुपर्ने उहाँको धारणा थियो ।
मन्त्री बडूले उद्योगीलाई रुग्ण उद्योग सञ्चालन गर्न आह्वान गरिएको बताउनुभयो ।
“सरकारले रुग्ण उद्योग चलाउन चोहको छ, पूर्णरूपमा नचलेका उद्योगको कारण खोज्ने र सामान्यरूपमा चलेकालाई पूर्णक्षमताले चलाउन सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न खोजेको हो”, उहाँले भन्नुभयो ।