२१ चैत, २०८१ बिहिबार
04:26:25 AM
६ भदौ, २०७९
भेटमा मन्त्री भुषालले दुई देशबीच हुने नियमित बैठकले अनुभव आदानप्रदान हुनुका साथै आपसी सम्बन्ध विस्तार गर्ने विश्वास व्यक्त गर्नुभयो ।
काठमाडौँ,
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुषालसँग नेपाल भ्रमणमा रहेको बङ्गलादेशको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।
बुधबारदेखि काठमाडौँमा हुने नेपाल–बङ्गलादेशको संयुक्त निर्देशक समितिको बैठकका लागि नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलले आज सोमबार मन्त्री भुषालसँग मन्त्रालयमा भेटवार्ता गरेको हो ।
बुधबारदेखि काठमाडौँमा हुने नेपाल–बङ्गलादेशको संयुक्त निर्देशक समितिको बैठकका लागि नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलले आज सोमबार मन्त्री भुषालसँग मन्त्रालयमा भेटवार्ता गरेको हो ।
भेटमा मन्त्री भुषालले दुई देशबीच हुने नियमित बैठकले अनुभव आदानप्रदान हुनुका साथै आपसी सम्बन्ध विस्तार गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नेपालसँग जलविद्युत् पर्याप्त रहेको र मित्रराष्ट्र बङ्गलादेशलाई स्वच्छ ऊर्जाको आवश्यकता परेको वर्तमान अवस्थामा त्यसका लागि नेपाल, भारत र बङ्गलादेशमाझ सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री भुषालले बुधबारदेखि हुने संयुक्त बैठकमा सो विषयमा विचारविमर्श हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।
ऊर्जा क्षेत्रको उत्पादन, प्रसारणलाइनको निर्माण र व्यापारका लागि बङ्गलादेश, भुटान, भारत र नेपाल (बिबिआइएन) माझ सहकार्य हुँदा सदस्य मुलुकलाई फाइदा पुग्ने उल्लेख गर्दै उहाँले बिबिआइएनलाई सक्रिय तुल्याउन बङ्गलादेशले महत्वपूर्ण पहल लिन सक्ने बताउनुभयो ।