९ मंसिर, २०८१ आइतबार
05:45:52 AM
६ भदौ, २०७९
काठमाडौं । निक्षेप घट्दा तीन वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत नाघेको छ । पुँजी कोषबाहेकको ऋणपत्र तथा सापटी र निक्षेप समेत जोडेर आउने कुल रकममा ९० प्रतिशत मात्रै बैंकहरुले कर्जा दिन पाउँछन् ।
मौद्रिक नीतिमा भएको व्यवस्था अनुसार सिडि रेसियो ९० प्रतिशत नाघेमा राष्ट्र बैंकले कारबाही गर्नसक्ने व्यबस्था छ । सीडी रेसियो ९० प्रतिशतभन्दा तल कायम गर्न राष्ट्र बैंकले गत आवमा बैंक तथा वित्तीय संस्थाहरुलाई गत असार मसान्तसम्मको समयसीमा दिएको थियो।
राष्ट्र बैंकको समससीमासम्म वाणिज्य बैंकहरुको सीडी रेसियो ९० प्रतिशतभन्दा तल नै रहेपनि चालु आर्थिक वर्षको पहिलो महिना साउनमा २६ वटा वाणिज्य बैंकमध्ये अधिकांशले सीडी रेसियो ९० प्रतिशतभन्दा तल नै राखेका छन् भने ३ वटाको ९० प्रतिशतभन्दा माथि पुगेको छ।
बैंक सीडी रेसियो
सेन्चुरी ९१.६३ प्रतिशत
नबिल ९०.९२ प्रतिशत
नेपाल ९०.७२ प्रतिशत
राष्ट्रिय वाणिज्य ८९.९३ प्रतिशत
ग्लोबल ८९.९५ प्रतिशत
एनसीसी ८९.८१ प्रतिशत
बीओके ८९.६६ प्रतिशत
हिमालयन ८९.४७ प्रतिशत
कृषि ८९.३२ प्रतिशत
कुमारी ८९.३१ प्रतिशत
प्राइम ८९.१७ प्रतिशत
स्टान्डर्ड चार्टर्ड ८८.०९ प्रतिशत
सिटिजन्स ८७.८० प्रतिशत
सिभिल ८७.१९ प्रतिशत
एभरेष्ट ८६.७९ प्रतिशत
लक्ष्मी ८६.९९ प्रतिशत
माछापुच्छ्रे ८६.६० प्रतिशत
मेगा ८८.६८ प्रतिशत
इन्भेस्टमेन्ट ८६.७६ प्रतिशत
एनआईसी एसिया ८६.३७ प्रतिशत
एनएमबी ८७.४१ प्रतिशत
एसबीआई ८४.६४ प्रतिशत
प्रभु ८२.८८ प्रतिशत
सानिमा ८४.८० प्रतिशत
सनराइज ८६.८५ प्रतिशत