२५ बैशाख, २०८१ मंगलबार

08:55:12 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रियलमी ९प्रो ५जी र रियलमी सी३० सार्वजनिक

Nepal Business

६ भदौ, २०७९

 रियलमी ९प्रो ५जी र रियलमी सी३० सार्वजनिक

काठमाण्डौं । स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी ९ प्रो ५जी रियलमी सी३० सार्वजनिक गरेको छ । 

सार्वजनिक कार्यक्रममा बोल्दै रियलमि नेपालको कन्ट्री हेड मुनिश गिरीले भन्नुभयो, ‘यो हाम्रो लागि एक दमै महत्वपूर्ण स्मार्ट फोन सिरिज हो । किनभने यो, बेस्ट फिचर र पावर प्याक्ड पर्फर्मेन्स सहित नेपाली उपभोक्ताहरुले खोजेको मूल्यमा उपलब्ध छ ।’

इन्डस्ट्री लिडिङ लाइट शिफ्ट डिजाइन युक्त यो फोनमा अत्यधिक शक्तिशाली ब्याट्रि, क्लास लिडिङ प्रोसेसर र उत्तिकै शक्तिशाली ५जी चिप सेट रहेको छ । एन्ड्रोइड १२ ओएस भएको यो फोनको यूआई भर्जन ३.० रहेको छ ।

यसमा ५जी प्रोसेसर मध्यको सबै भन्दा शक्तिशाली प्रोसेसर स्न्यापड्यागन ६९५ रहेको छ भने १२० हर्जको अल्ट्रा स्मुथ फुल डिस्प्ले रहेको छ । क्यामरा ६४ एमपिको ट्रिपल क्यामरा रहेको छ । १६ एमपिको वाइड एङ्गल सेल्फी क्यामराले ग्रुप सेल्फी लिन सहज बनाएको छ । त्यस्तै साइड माउन्टेड फिङर प्रिन्ट सेन्सर रहेको छ ।

५०००एमएएचको शक्तिशाली ब्याट्रि भएको यो रियलमी ९ प्रो ५जरुी स्ट्यान्ड–बाइ मोडमा ५८१ घण्टासम्म टिक्छ भने १३९ घण्टासम्म म्युजिक प्लेयर अन गर्न सकिन्छ ।
त्यस्तै यसमा भएको ३३ वाटको डार्ट चार्जिङ सोलुसनले जम्मा २७ मिनेटमा नै ५० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

अरोरा ग्रिन र सनराइज ब्लुमा ८÷१२८ जीबीको स्टोरेज क्षमता सहित उपलब्ध यसको मुल्य ३८ हजार नौ सय नौ रुपैयाँ रहेको छ । 

यस्तै रियलमी सी३० मा एन्ट्री लेभलको सबैभन्दा स्टाइलिस रियलमीको अल्ट्रा स्लिम भर्टिकल डिजाइन स्ट्राइपले यसलाई अत्यन्तै आकर्षक लुक त दिएको छ नै, यो फोन हातमा समाउन पनि उत्तिकै सजिलो छ ।

यो सेट यो बजेटमा उपलब्ध पातलो र हल्का मध्यको एक हो । यसको हाइ स्पिड फ्ल्यास स्टोरेजले ३ गुणासम्म छिटो डाटा रिड र राइट गर्न सक्छ । यसमा पछाडिको क्यामरा ८ एमपिको छ भने अगाडिको क्यामरा ५ एमपिको छ । शक्तिशाली ५००० एमएएचको ब्याट्रिको साथमा प्रयोगकर्ताहरुले दिनभरी नै आनन्दसँग फोन चलाउन सक्छन् भने स्ट्यान्डबाइ मोडमा ४५ दिनसम्म टिक्छ ।

यो ब्याम्बू ग्रिन र लेक ब्लु रंगमा २÷३२ र ४/६४ को स्टोरेजमा उपलब्ध छ । २/३२ को मुल्य १४ हजार चार सय ९९ रुपैयाँ छ भने ४÷६४ को १९ हजार ९ सय ९९ रहेको छ । रियलमी सी३० नेपालभरका स्टोर र अनलाइन मार्फत दराजमा खरिद गर्न सकिन्छ ।