९ मंसिर, २०८१ आइतबार
05:19:29 AM
६ भदौ, २०७९
काठमाडौं । धौलागिरी लघुवित्तको आइपीओ बाँडफाँड हुने मिति सरेको छ । यसअघि लघुवित्त कम्पनीको आईपीओ भदौ ७ गते मंगलबार बाँडफाँड हुने भनिएको थियो । तर केही काम बाँकी रहेकोले भदौ ८ गते बुधबार मात्र कम्पनीको आईपीओ बाँडफाँड हुने बिक्री प्रबन्धक सनराईज क्यापिटलले जनाएको छ । कम्पनीको आईपीओ बुधबार कति बजे कुन स्थानमा गर्ने भन्ने अहिले तय नभएको बिक्री प्रबन्धकले जनाएको छ ।
यति बेला धौलागिरी लघुवित्तको आइपीओ बाँडफाँड कहिले हुन्छ होला भन्ने सबैमा चासोको बिषय बनेको छ । कम्पनीको आईपीओमा मागभन्दा ७०.४५ गुणा बढी गुणा बढी आवेदन परेको छ । मागभन्दा धेरै बढी आवेदन परेको हुनाले कम्पनीको १० कित्ता सेयर पाउने भाग्यमानी सावित हुनेछन् ।
कम्पनीले साउन २४ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको थियो ।
अन्तिम दिनसम्म कम्पनीको आईपीओमा १९ लाख ५२ हजार ४६० जना आवेदनबाट २ अर्ब १७ करोड २१ लाख ५७ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २१ हजार ५७० कित्ता सेयरको लागि आवेदन परेको थियो । लघुवित्तले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँड हुने छ ।