९ मंसिर, २०८१ आइतबार

05:09:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्र बैंकले १२ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल आज बोलकबोल गर्दै

Nepal Business

६ भदौ, २०७९

राष्ट्र बैंकले १२ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल आज बोलकबोल गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल आज सोमबार गर्ने भएको छ । 

बैंकले २८ दिन अवधिको २ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ५ अर्ब २३ करोड ३२ लाख रुपैयाँ १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको २ अर्ब गरी कूल १२ अर्ब २३ करोड ३२ रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्न लागेको हो । 

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत आज दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जानकारी दिएके हो । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ । 

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी आगामी असोज ४ गते, ९१ दिने ट्रेजरी आगामी मंसिर ६ गते, परिपक्व हुनेछ भने १८२ दिने ट्रेजरी फागुन ९ गते र ३६४ दिन अवधिको ट्रेजरी विंस २०८० भदौ ५ गते परिपक्व हुनेछ ।

यसअघि राष्ट्र बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ ९१ दिन अवधिको २ अर्ब रुपैयाँ र १८२ लिदन अवधिको ६ अर्ब रुपैयाँ गरी कूल १३ अर्ब रुपैयाँको ट्रेजरी बिलबिक्री गरेको थियो । राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत प्रत्येक हप्ता यस्ता ऋणपत्र बिक्री गर्दछ ।