९ मंसिर, २०८१ आइतबार

05:42:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल फाइनान्सको ११ लाख कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

६ भदौ, २०७९

नेपाल फाइनान्सको ११ लाख कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल फाइनान्सको ११ लाख ३४ हजार ७१६.१८७ कित्ता सेयर लिलामी भर्ने आज (६ भदौ गते सोमबार ) अन्तिम दिन रहेको छ ।

कम्पनीले यसअघि असार १७ गतेदेखि २४ गतेसम्म संस्थापक समूहको ११ लाख ३६ हजार ७१६.१८७ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६९६.२७५ कित्ता सेयर लिलामीमार्फत बिक्री गरेको थियो । तर, सो समयमा बिक्री नभएको संस्थापक समूहको बाँकी सेयर कम्पनीले फेरि लिलामीमा ल्याएको हो ।

उक्त लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । उक्त लिलामी सेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।