२५ बैशाख, २०८१ मंगलबार

07:22:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अब प्रभु क्यापिटलका ग्राहकहरुले ट्रान्क्वालिटी एसपीएकाबाट सेवा लिदा ३० प्रतिशत छुट पाउने

Nepal Business

६ भदौ, २०७९

अब प्रभु क्यापिटलका ग्राहकहरुले ट्रान्क्वालिटी एसपीएकाबाट सेवा लिदा ३० प्रतिशत छुट पाउने

काठमाण्डौं । प्रभु क्यापिटलले आफ्ना ग्राहकको लागि विशेष अफर ल्याएको छ । यसका लागि प्रभु क्यापिटल तथा ट्रान्क्वालिटी एसपीएका बीचमा सम्झौता भएको छ ।यस अफर अन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले ट्रान्क्वालिटी एसपीएकाबाट सेवा लिदा ३० प्रतिशत छूट पाउने भएका छन् ।

यो योजनाबाट लाभ लिन ग्राहकले आफ्नो मोबाईलमा प्रभु क्यापिटल डिजिटल एपडाउनलोड गरी सो मा रजिष्टर भई आफ्नो डिम्याट खाता लिंक गनुपर्ने कम्पनीले जनाएको छ ।

ग्राहकले चेक आउट ÷बिल पेमेन्ट प्रभु क्यापिटलको मोबाइल एपमा डिम्याट खाता लिंक भएको देखाउनुपर्नेछ ।  ट्रान्क्वालिटी एसपीएकाको रजिष्ट्रार कार्यालय लाजिम्पाट, काठमाण्डौंमा रहेको छ ।

असार मसान्त २०८० सम्म सञ्चालन हुने यो अफरको लाभ प्रभु क्यापिटलका हितग्राही ग्राहकले यसको नेपालभरिका शाखाहरुबाट प्राप्त गर्नसक्नेछन् । यो अफर हालसम्म एप डाउनलोड गरेका हितग्राहीको हकमा समेत लागू हुने कम्पनीले जनाएको छ