२५ बैशाख, २०८१ मंगलबार

05:52:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

Nepal Business

६ भदौ, २०७९

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौं । सुनको मूल्य सोमबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ ।

छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ९५ हजार तीन सय रुपैयाँमा  कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको मूल्य तोलाको ९५ हजार पाँच सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा दुई सय रुपैयाँले घटेर ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुनको मूल्य तोलाको ९५ हजार रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।