९ मंसिर, २०८१ आइतबार

05:26:12 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कुमारी बैंकले ३ अर्बको ऋणपत्र बिक्री गर्न बोर्डबाट पायो अनुमति, कति पाइन्छ ब्याज ?

५ भदौ, २०७९

कुमारी बैंकले ३ अर्बको ऋणपत्र बिक्री गर्न बोर्डबाट पायो अनुमति, कति पाइन्छ ब्याज ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न कुमारी बैंक लिमिटेडलाई अनुमति दिएको छ । धितोपत्र बोर्डले  बैंकलाई ‘केबीएल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो।

धितोपत्र बोर्डबाट अनुमति पाएसँगै बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। कुल इकाइमध्ये बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी १२ लाख इकाइको भने बैंकले सार्वजनिक निष्कासनमार्फत बिक्री गर्नेछ।

यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले ११ प्रतिशत ब्याजर पाउनेछन्।  कुमारी बैंकको यो ऋणपत्रको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।