२३ बैशाख, २०८१ आइतबार

06:56:45 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

न्यूनतम पारिश्रमिक नपाएको भन्दै सामुदायिक विद्यालयका कर्मचारी धर्नामा

५ भदौ, २०७९

न्यूनतम पारिश्रमिक नपाएको भन्दै सामुदायिक विद्यालयका कर्मचारी धर्नामा

काठमाडौं । सामुदायिक विद्यालयका कर्मचारीहरुले न्यूनतम पारिश्रमिक पनि उपलब्ध नगराएको भन्दै आइतबार काठमाडौंमा धर्ना दिएका छन् । केन्द्र सरकारको निर्देशनअनुसार स्थानीय तहले थप रकम उपलब्ध नगराएको भन्दै उनीहरुले काठमाडौंको माइतिघरमा धर्ना दिएका हुन्् ।

चालू आर्थिक बर्षको बजेटमा प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीलाई सरकारले निर्धारण गरे बमोजिम १५ हजार न्यूनतम मासिक पारिश्रमिक उपलब्ध गराउने उल्लेख रहेको र त्यसका लागि सरकारले मासिक पारिश्रमिक ८ हजार उपलब्ध गराउने तथा न्यूनतम पारिश्रमिकभन्दा कम हुन आउने रकम सम्बन्धित स्थानीय तहले ब्यहोर्ने व्यवस्था गरिएको छ ।

तर स्थानीय तहहरुले आफुहरुलाई कुनै रकम उपलव्ध नगराएको भन्दै आन्दोलन गर्नुपरेको उनीहरुको भनाई छ । धर्नाबाट पनि आफुहरुको माग पुरा नभए अर्को चरणको आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।