९ मंसिर, २०८१ आइतबार

05:23:22 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

धौलागिरी लघुवित्तको आइपीओ कहिले हुन्छ बाँडफाँड ?

५ भदौ, २०७९

धौलागिरी लघुवित्तको आइपीओ कहिले हुन्छ बाँडफाँड ?

काठमाडौं । यति बेला धौलागिरी लघुवित्तको आइपीओ बाँडफाँड कहिले हुन्छ होला भन्ने सबैमा चासोको बिषय बनेको छ । कम्पनीको आईपीओमा मागभन्दा ७०.४५ गुणा बढी गुणा बढी आवेदन परेको छ । मागभन्दा धेरै बढी आवेदन परेको हुनाले कम्पनीको १० कित्ता सेयर पाउने भाग्यमानी सावित हुनेछन् ।

आवेदन दिने लगानीकर्ताहरुको चासो रहेको लघुवित्तको आईपीओ भदौ ७ गते मंगलबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सनराईज क्यापिटलका अनुसार कम्पनीको आईपीओ मंगलबार बाँडफाँड गर्ने तयारी रहेको छ ।

कम्पनीको आईपीओ मंगलबार कति बजे कुन स्थानमा गर्ने भन्ने अहिले तय नभएको बिक्री प्रबन्धकले जनाएको छ । कम्पनीले साउन २४ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको थियो ।

अन्तिम दिनसम्म कम्पनीको आईपीओमा १९ लाख ५२ हजार ४६० जना आवेदनबाट २ अर्ब १७ करोड २१ लाख ५७ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २१ हजार ५७० कित्ता सेयरको लागि आवेदन परेको थियो । लघुवित्तले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँड हुने छ ।