१६ कार्तिक, २०८१ शुक्रबार
03:27:27 PM
३ भदौ, २०७९
काठमाडौं । माछापुच्छ्रे बैंक र सिटिजन्स बैंकका कार्डहरुसम्बन्धी सबै सेवाहरु अवरुद्ध हुने भएका छन्। बैंकहरुले सूचना प्रकाशित गर्दै आफ्ना सेवाहरु अवरुद्ध हुने जनाएका हुन् ।
माछापुच्छ्रे बैंकले एक सूचना प्रकाशित गर्दै नेप्सको डीआर ड्रिल कार्य गर्नु पर्ने भएको भन्दै भदौ २ गते बेलुका ८ः३० बजेदेखि बेलुका ११ः३० बजेसम्म र भदौ ३ गते दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म सेवाहरु अवरुद्ध हुने जनाएको हो । यो अवधिमा बैंकद्वारा जारी गरिएका कार्डसम्बन्धी सम्पूर्ण सेवा अवरुद्ध हुने जनाएको छ।
यो अवधिमा बैंकका मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायतका सेवाहरु भने यथावत रुपमा सञ्चालन हुने पनि बैंकले जानकारी गराएको छ।
त्यस्तै, सिटिजन्स बैंकले बैंकको स्विच सेवा प्रदायक नेप्सद्वारा डाटा रिकभरी सिस्टमको आवधिक परीक्षण गर्नुपर्ने भएकोले भदौ २ गते रातको ८ बजेदेखि भदौ ३ गते रातको ८ बजेसम्म कार्डसम्बन्धी सबै सेवा अवरुद्ध हुने सूचनामार्फत जानकारी दिएको हो । उक्त समयमा एटीएमबाट कार्डलेस विथड्रअल र क्रेडिट कार्ड अलर्ट पनि बन्द रहने बैंकले जनाएको छ।
सो समयमा बैंकका मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायतका सेवाहरु भने यथावत रुपमा सञ्चालन हुने पनि बैंकले स्पष्ट पारेको छ।