९ मंसिर, २०८१ आइतबार
07:45:54 PM
३ भदौ, २०७९
काठमाण्डौं । सरकारले सेनेटरी प्याडमा लगाइएको भन्सार दरका कारण उद्योग बन्द हुन थालेको व्यवसायीहरूले बताएका छन् ।
शुक्रबार नेपाल सेनेटरी प्याड उत्पादक संघको प्रथम अधिवेशनमा व्यवसायीहरूले सेनेटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार महसुल छुट दिएको सरकारले कच्चा पदार्थ आयातमा भने उच्च भन्सार महसुल तोकेको भन्दै उद्योग बन्द गर्न बाध्य भएको बताएका हुन् ।
सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्यमा सेनेटरी प्याडमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुलमा ९० प्रतिशत कटौती गरी १.५ प्रतिशत कायम गरिएको छ।
तर विदेशबाट कच्चा पदार्थ आयात गरी नेपालमै सेनेटरी प्याड उत्पादन गर्ने उद्योगीले भने विभिन्न वस्तुमा भन्सार महसुल सरदरमा ७.५ प्रतिशत तिर्नुपर्ने भएकाले नेपालमा उत्पादन गर्ने नसक्ने स्थिति आएको व्यवसायीहरूको बताएका छन् ।
संघका अध्यक्ष विश्व थापाले सरकारको नीतिले नै प्याड उद्योगमा आकर्षण भएको भए पनि अहिले सरकारकै नीतिले विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो ।
सरकारले आयातित प्याडलाई ९० प्रतिशत छुट दिई कच्चा पदार्थमा चर्को भन्सार दर कायम गरेको पनि बताउनुभयो । उक्त व्यवस्थाले स्वदेशी उद्योग बन्द हुने अवस्थामा पुगेको छ ।