९ मंसिर, २०८१ आइतबार
05:20:57 AM
३ भदौ, २०७९
काठमाडौं । कुमारी बैंकले आफ्ना ग्राहकहरुलाई निशुल्क सिआस्बा सेवा दिने भएको छ । बैंकले भदौ १ गते देखि लागु हुने गरी सेयर आवेदनमा लिईदै आएको सबै शुल्कलाई हटएको हो ।
यसअघि २० रुपैयाँ सिआस्वा लिँदै आइरहेको बैंकले अबदेखि भने सिआस्वा शुल्क बापत कुनै पनि शूल्क नलिने जनाएको छ । अब कुमारी बैंकको कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रदलगायतका पुँजीबजारका अन्य उपकरणहरुमा आवदेन दिदा कुनै शुल्क लाग्ने छैन।
ग्राहकको हित तथा पछिल्लो समय पूँजीबजारमा जनताको बढ्दो आकर्षलाई मध्यनजर गर्दै सिआस्बा शुल्क निशूल्क गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।
यसबाट नयाँ लगानीकर्ता, युवा, विद्यार्थीलगायत कुमारी बैंकका सम्पूर्ण खाताधारकलाई विशेष लाभ प्राप्त हुने विश्वास बैंकले लिएको छ।