२५ बैशाख, २०८१ मंगलबार

03:38:48 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सूर्य नेपालको एक वर्षमा २४ अर्ब ४७ करोडभन्दा बढिको व्यापार

Nepal Business

३ भदौ, २०७९

सूर्य नेपालको एक वर्षमा २४ अर्ब ४७ करोडभन्दा बढिको व्यापार

काठमाडौं । सूर्य नेपाल प्रालिले सन् २०२१ मा साढे २४ अर्बभन्दा बढिको व्यापार गरेको छ ।सूर्य ब्रान्डमा चुरोट उत्पादन गर्ने कम्पनीले एक वर्षमा २४ अर्ब ४९ करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२० मा २४ अर्ब ४७ करोड १० लाख रुपैयाँ र सन् २०१९ मा २५ अर्ब १३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।

भारतीय कम्पनी आईटीसीको हिस्सा रहेको सूर्य नेपालले चुरोटसँगै, सलाई अगरवत्ति र चकलेट उत्पादन गर्दै आएको छ ।

विगत ३५ वर्षदेखि निरन्तर चुरोट उत्पादन गर्दै आएको कम्पनीले विभिन्न ब्रान्ड जस्तै सूर्य लेजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्जरी, शिखर आइस रस, नौलो, खुकुरी फिल्टर, पाइलट फिल्टर, बिजुली र चौतारी उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ ।