९ मंसिर, २०८१ आइतबार

07:44:36 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अन्तर्राष्ट्रिय व्यापार मेला सुरु, प्रधानमन्त्रीद्धारा उद्घाटन

Nepal Business

३ भदौ, २०७९

अन्तर्राष्ट्रिय व्यापार मेला सुरु, प्रधानमन्त्रीद्धारा उद्घाटन

काठमाण्डौं । महिला उद्यमी महासंघ नेपालको आयोजनामा छैठौं अन्तर्राष्ट्रिय व्यापार मेलाको सुरु भएको छ । शुक्रबार ललितपुरको सानेपामा प्रधानमन्त्री शेरबहादर देउबाले मेलाको उद्घाटन गर्नुभएको हो । 

मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउबाले महिला उद्यमीहरुले मुलुकको अर्थतन्त्रमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । उहाँका अनुसार महिला उद्यमीहरुले लघु तथा साना उद्यमहरुबाट गरेका उत्पादनहरुले नेपालको व्यापार घाटा कम गर्न सहयोग पुर्याएको छ । 

यस्तै उहाँले महिला उद्यमीहरुलाई प्रवद्र्धन गर्न सरकारले सहुलियतपूर्ण कर्जाको लागि सहजिकरण गर्न पहल गर्ने बताउनुभयो ।

‘स्वदेशी खाऔँ, स्वदेशी लगाऔँ, स्वदेशी उद्यमशीलतालाई प्रोत्साहन गरौँ’ भन्ने नाराका साथ सुरु भएको सो व्यापार मेलामा कृषि, हस्तकला, सेवा, चाडपर्व, खाद्यवस्तु, अन्तर्राष्ट्रिय उद्यमीको उत्पादनलगायत १०९ कक्ष राखिएका छन् ।

मेलामा प्राकृतिक रेशाजन्य उत्पादन, बाँसबाट बनेका सामग्री, स्थानीय कच्चा पदार्थको प्रयोग गरी उत्पादन गरिएका वस्तु तथा सेवाको प्रदर्शनीमा राखिएका छन् । 

मेलामा सातै प्रदेशका स्थानीय उत्पादन बिक्रीमा राखिएका छन् । पचपन्न हजारले मेलाको अवलोकन गर्ने र दुई करोडको कारोबार हुने अनुमान गरिएको मेला संयोजक शोभा ज्ञवालीले जानकारी दिनुभयो । 

मैलेकै क्रममा महिला उद्यमीको दीगोपन, वित्तीय साक्षरतासम्बन्धी अन्तक्र्रिया हुनेछन् । कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्दै आउनुभएका तीन महिला उद्यमीलाई सम्मान गरिएको थियो । मेला ५ दिनसम्म सञ्चालन हुनेछ ।