२४ बैशाख, २०८१ सोमबार

07:26:28 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य ४ सयले घट्यो

Nepal Business

३ भदौ, २०७९

सुनको मूल्य ४ सयले घट्यो

काठमाण्डौं । सुनको मूल्य घट्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ । 

शुक्रबार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको मूल्य तोलाको ९५ हजार नौ सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा चार सय रुपैयाँले घटेर ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुनको मूल्य तोलाको ९५ हजार चार सय रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।