९ मंसिर, २०८१ आइतबार

05:47:10 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अभियान लघुवित्तको नाफा ३७.४२ प्रतिशतले घट्यो, कस्तो छ अन्य अवस्था ?

३ भदौ, २०७९

अभियान लघुवित्तको नाफा ३७.४२ प्रतिशतले घट्यो, कस्तो छ अन्य अवस्था ?

काठमाडौं । हालै आईपीओ बिक्री गरेको अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।

लघुवित्तले सार्वजनिक गरेको उक्त विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले १ करोड १० लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ३७.४२ प्रतिशतले घटेको हो । गत वर्षको यसै अवधिमा संस्थाले १ करोड ७६ लाख ९६ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि २५.३६ प्रतिशतले घटेर १ करोड ७५ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष संस्थाले २ करोड ३५ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो।

यो अवधिमा संस्थाको खुद व्याज आम्दानी १७.१९ प्रतिशतले बढेर ९ करोड २ लाख ९१ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ७ करोड ७० लाख ४४ हजार रूपैयाँ ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी १५ करोड २५ लाख रुपैयाँ र जगेडा कोषमा १ करोड ९१ लाख ४६ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको खराब कर्जा (एनपिएल) बढेर २.६० प्रतिशत पुगेको छ ।  अघिल्लो वर्ष संस्थाको एनपीएल ०.५४ प्रतिशतमा सीमित थियो।