९ मंसिर, २०८१ आइतबार

05:20:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कामना सेवा विकास बैंकले ल्यायो मर्चेण्ट बोनस योजना

Nepal Business

३ भदौ, २०७९

कामना सेवा विकास बैंकले ल्यायो मर्चेण्ट बोनस योजना

 काठमाण्डौं । कामना सेवा विकास बैंकले मर्चेण्ट बोनस योजना ल्याएको छ । बैंकले आफ्ना फोन पे मर्चेन्टहरुलाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्नको लागि मर्चेण्ट बोनस योजना ल्याएको हो । 

‘क्युआर कारोबारमा बोनसको बहार, मर्चेन्टहरुलाई कामना सेवाको उपहार’ योजना अन्तर्गत क्युआर मर्चेन्टहरुले क्युआरप्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको १५ प्रतिशत वा ५० रुपैयाँसम्म बोनस बापत आफ्नो बैंकमा रहेको आफ्नो खाता मार्फत प्राप्त गर्न सक्नेछन् ।

बैंकले डिजिटल कारोबार लाई प्रबर्धन गर्ने उद्देश्यले यो योजना ल्याएको हो । साथै यस योजनाले नेपाल राष्ट्र बैंकले घोषणा गरेको ‘डिजिटल पेमेन्ट इयर’ लाई टेवा पुर्याउने बैंकले जनाएको छ ।