९ मंसिर, २०८१ आइतबार

05:07:28 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एनएमबि बैंकले ल्यायो स्मार्ट नारी बचत खाता

Nepal Business

२ भदौ, २०७९

एनएमबि बैंकले ल्यायो स्मार्ट नारी बचत खाता

काठमाण्डौं । एनएमबि बैंकले देश तथा विदेशमा बस्ने नेपाली महिलावर्गलाई लक्षित गरी आकर्षक बचत योजना ‘एनएमबि स्मार्ट नारी बचत खाता’ ल्याएको छ ।

महिलाहरूलाई बचततर्फ प्रोत्साहित गर्ने र डिजिटल कारोवारमा सक्रिय बनाउन प्रयास स्वरुप यस योजना अन्तर्गत ग्राहकहरूले मेडिकल÷स्वास्थ्य जाँचमा गरिने डिजिटल भुक्तानीमा वार्षिक ५ हजार सम्म क्यास ब्याक पाउन सक्नेछन् ।

त्यसैगरी ग्राहकले निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, डलर कार्ड, मेरो सेयर, डिम्याट लगायतका सुविधाहरूको फाइदा लिन सक्नेछन्। यस योजना अन्तर्गत ग्राहकले रिटेल कर्जा र महिला उद्यमशिलकर्जा प्रशासनिक शुल्कमा ०.२५ प्रतिशतसम्म विशेष छुट पनि प्राप्त गर्न सक्नेछन् ।

बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।